शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

रवि लामिछानेमाथिको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध सर्वोच्चमा रिट, पर्सी पेसी

आइतबार, माघ ४ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि रहेको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने गरी महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

उक्त रिटको पेसी पर्सीका लागि तोकिएको छ। युवराज पौडेलले बुधबार रिट निवेदन पेस गरेका हुन्। रिटमा महान्यायाधिवक्ताको कार्यालय, विभिन्न जिल्ला सरकारी वकिल कार्यालय तथा रवि लामिछानेलाई विपक्षी बनाइएको छ।

महान्यायाधिवक्ताको कार्यालयले पुस ३० गते गरेको निर्णय र सोसँग सम्बन्धित पत्राचारहरू उत्प्रेषणको आदेशमार्फत बदर गर्न माग गरिएको छ। साथै, लामिछानेमाथि लागेको सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दालाई कमजोर नबनाउन तथा कानुनी प्रक्रियामा कुनै अवरोध नगर्न परमादेशको समेत माग गरिएको छ।