शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

देउवा पक्ष निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च जाने

शनिबार, माघ ३ २०८२

काठमाडौँ । नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षीय नेताहरू निर्वाचन आयोगको निर्णयविरुद्ध आइतबार सर्वोच्च अदालत जाने भएका छन् ।

निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समूहलाई दिएपछि देउवा पक्षधर नेताहरूले कानुनी उपचार खोज्ने निर्णय गरेका हुन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको देउवा पक्षका नेताहरूको बैठकले निर्वाचन आयोगको निर्णयविरुद्ध संवैधानिक तथा कानुनी उपचारसँगै राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको नेता डा प्रकाशशरण महतले जानकारी दिए। उनका अनुसार आयोगको निर्णयविरुद्ध आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिनेछ ।

डा। महतले निर्वाचन आयोगले आफ्नो पक्षको कुरा नसुनी एकपक्षीय ढंगले निर्णय गरेको आरोप लगाउनुभयो । विशेष महाधिवेशनको नाममा गरिएको भेलाको औचित्य, वैधानिकता र उपस्थित संख्या समेत नहेरी आयोगले दूषित मनसायका साथ निर्णय गरेको उनको दाबी छ । यस्तो निर्णयले नेपाली कांग्रेसलाई गम्भीर क्षति पुर्‍याएको भन्दै आफूहरूलाई आयोगको निर्णय अमान्य रहेको उनले स्पष्ट पारे ।

उनले कांग्रेसको विधान र निर्वाचनसम्बन्धी कानुनको समेत पालना नगरी आयोगले अन्यायपूर्ण निर्णय गरेको आरोप लगाउँदै यसको विरुद्ध अदालत जाने र न्याय पाउने विश्वास व्यक्त गरे ।