शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

देउवा पक्षीय कांग्रेस कार्यसमितिले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोगमा दियाे निवेदन

शुक्रबार, माघ २ २०८२

काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिले आफूहरू नै आधिकारिक रहेको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित स–शरीर उपस्थित भएका केन्द्रीय समितिका बहुमत सदस्यहरूले पार्टीले विशेष महाधिवेशन नबोलाएको र गगन थापाको नेतृत्वमा गठन गरिएको कार्यसमिति अवैध रहेको जिकिर गरेका छन्।

खड्काले ८८५ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको प्रमाण आफूहरूसँग रहेको दाबी गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमक्ष पार्टीभित्रको विवाद छिटो निरुपण गर्न आग्रह गरेका छन्।

यसअघि भने विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले आफूलाई आधिकारिक ठहर गर्दै निर्वाचन आयोगमा अद्यावधिकका लागि निवेदन दिइसकेको छ।