शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

गगन थापाको नेतृत्वमा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन (सूचीसहित)

बिहिबार, माघ १ २०८२

काठमाडौं ।  नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनले बुधबार राति कार्यसमिति चयन गर्दै टुंगो लगाएको हो।

सभापतिमा गगनकुमार थापा चयन हुँदा उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन्। महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन्।

त्यसैगरी सहमहामन्त्रीमा महिलातर्फ डिला संग्रौला, दलिततर्फ प्रकाश रसाइली, आदिवासीतर्फ बहादुरसिंह लामा, खस–आर्यतर्फ उदय शम्शेर जबरा, मधेशीतर्फ मुक्ताकुमारी यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर, थारुतर्फ योगेन्द्र चौधरी तथा पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा चयन भएका छन्।

विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन भएसँगै नेपाली कांग्रेसमा संगठन सुदृढीकरण र आगामी राजनीतिक कार्यदिशाबारे नयाँ चरणको सुरुआत भएको नेताहरूले बताएका छन्।