काठमाडौँ । नेपाली कांग्रेसको सभापति पदमा गगनकुमार थापा निर्विरोध निर्वाचित भएका छन्। काठमाडौँमा जारी विशेष महाधिवेशन पक्षधरको दोस्रो विशेष महाधिवेशनबाट आज थापा सभापति चयन भएका छन् ।
केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले सभापति पदमा थापाको मात्रै उम्मेदवारी परेकाले उनलाई निर्विरोध निर्वाचित गरिएको घोषणा गरे। “सभापति पदमा गगनकुमार थापाको एकमात्र उम्मेदवारी भएकाले उहाँ निर्विरोध निर्वाचित हुनुभएको घोषणा गर्दछु,” परिणाम सार्वजनिक गर्दै केसीले बताए ।
सभापतिमा निर्वाचित भएपछि थापाले विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा उपस्थित नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई सम्बोधन गरिरहनुभएकाे। निर्वाचन समितिका अनुसार बाँकी पदहरूको निर्वाचन परिणाम घोषणा गर्ने कार्यक्रम पनि तय भएको छ।