सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–११ पिपिराचोकमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।
कर्णाली प्रदेश०२–००२प३२७१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी वीरेन्द्रनगर–१३ की ७० वर्षीया लक्ष्मी लामिछानेको उपचारका क्रममा आज बिहान प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिए।
दुर्घटनामा मोटरसाइकल चालक लेकबेँसी नगरपालिका–३ का २९ वर्षीय हर्कबहादुर बस्नेत पनि घाइते भएका छन्। उनको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।