काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडको हकप्रद शेयरको बिक्री प्रर्वन्धकमा एन आई सी एशिया क्यापिटल नियुक्त भएको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको एक बराबर एक प्रतिशतका दरले एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी ५४ करोड २५ लाख ८३ हजार तीन सय रुपैयाँ बराबरको ५४ लाख २५ हजार आठ सय ३३ कित्ता हकप्रद शेयर निष्काशन गर्नको लागि एन आई सी एशिया क्यापिटल लिमिटेडलाई बिक्री प्रर्वन्धकमा नियुक्त गरेको हो।
सम्झौता पत्रमा मेन्छियाम हाइड्रोपावर लिमिटेडको तर्फबाट अख्तियार प्राप्त कम्पनी सचिव धन राज सुवेदी र निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन् । एन आई सी एशिया क्यापिटलले निष्काशन तथा बिक्री प्रबन्ध सेवा अन्तर्गत हालसम्म सामूहिक लगानी कोष तथा डिबेन्चर सहित १९ वटा कम्पनीको प्राथमिक शेयर निष्काशन र ४ वटा कम्पनीको हकप्रद शेयर निष्काशन कार्य सम्पन्न गरेको छ । उक्त निष्काशन तथा बिक्री प्रवन्ध सेवा मार्फत हाल सम्म १८ अर्व ९४ करोड भन्दा बढी शेयर पूँजी रकम संकलन गर्न सफल भएको छ । विभिन्न व्यक्ति तथा संस्थाहरुको नाममा रहेको २९ वटा भन्दा बढी कम्पनीको संस्थापक समूहको शेयरको निष्काशन तथा बिक्री प्रवन्ध गरी करिव दुई अर्ब रकम संकलन गर्न सफल भएका छौं । साथै हाल क्यापिटलले २ वटा कम्पनीको प्राथमिक शेयर तथा ४ वटा कम्पनीको हकप्रद शेयर निष्काशन गर्न स्वीकृतिको लागि नेपाल धितोपत्र बोर्डमा शेयर निष्काशनको लागि तयार गरेको विवरण पत्र पेश गरेको छ।