काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव रहे पनि हाल देशभर मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ। यद्यपि पहाडी तथा हिमाली भू–भागमा मौसम प्रायः सफा नै रहनेछ।
आज राति पनि तराईका केही स्थानमा हुस्सु कायम रहने अनुमान गरिएको छ। पहाड र हिमालका क्षेत्रमा भने राति पनि मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ।