शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

राप्रपाले पृथ्वीजयन्तीको अवसरमा चियापान कार्यक्रम आयोजना

आइतबार, पुष २७ २०८२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजना गरेको चियापान कार्यक्रम आज काठमाडौंमा सुरु भएको छ।

राप्रपाले हरेक वर्ष पुस २७ गते यो कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्षको कार्यक्रममा प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्रीहरू तथा अन्य विशिष्ट व्यक्तित्वहरूलाई आमन्त्रण गरिएको छ। कार्यक्रममा प्रधानमन्त्रीको सहभागितासहित प्रमुख नेताहरूको उपस्थितिको अपेक्षा गरिएको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले यसअघि विभिन्न नेताहरुलाई व्यक्तिगत रूपमा निमन्त्रणा दिएका थिए। पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्तीका रूपमा मनाइएको यो दिवसमा देशभर विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन्। राप्रपाको चियापान समारोहले राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ।