काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई/मधेसका केही भूभागका केही स्थानमा मध्याह्नसम्म हुस्सु/कुहिरो रहने सम्भावना छ।
कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
त्यसैगरी, आज राति तराईका थोरै स्थानहरूमा हुस्सु लाग्ने सम्भावना रहेको छ। देशका पहाडी तथा हिमाली भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।