काठमाडौँ । नेपाल प्रहरीले १० जना प्रहरी उपरीक्षक (एसपी)लाई वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पदमा बढुवा गर्न सिफारिस गरेको छ।
बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा नेपाल प्रहरी विशेष सुरक्षा गण कञ्चनपुरमा कार्यरत रामप्रकाश शाह परेका छन्।
त्यसैगरी भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेशप्रसाद काफ्ले र श्याम सिंह चौधरी क्रमशः एसएसपीमा बढुवाका लागि सिफारिस भएका छन्।
यस्तै नकुल पोखरेल, दिलीप घिमिरे, पदमबहादुर विष्ट, यागेन्द्र सिंह थापा तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत एसपी सुवाचन्द्र बोहरा पनि एसएसपीमा बढुवाका लागि सिफारिस सूचीमा समेटिएका छन्।
