काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय विभिन्न दल एक हुने प्रवृत्तिप्रति आलोचना गरेका छन्।
मंगलबार पार्टी सचिवालय बैठकमा बोल्दै उनले विकासको नाममा एनजीओ–डोनरको एजेन्डा बोकेर आउने र राष्ट्रवादी शक्तिहरूलाई बदनाम गर्ने व्यक्तिहरू एक ठाउँमा जम्मा भइरहेको बताए।
ओलीले भने, “कतिपय व्यक्ति नियतवश विनाशकारी भूमिकामा उत्रिएका छन् भने कतिपय स्वार्थ बोकेर ठगी, भ्रष्टाचार र वैदेशिक शक्तिको दलालीमा संलग्न भएका छन्। विकासको नाममा एनजीओ/डोनरको एजेन्डा बोकेर आउने, राष्ट्रवादी शक्तिहरूलाई योजनाबद्ध रूपमा बदनाम गर्ने षड्यन्त्रका साथ विभिन्न दाग लागेका र अक्षम व्यक्तिहरूलाई एक ठाउँमा जम्मा गरिएको देखिन्छ।”
उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा संलग्नहरूले देशलाई पुगेको क्षतिको जिम्मेवारी लिन नसकेको पनि टिप्पणी गरेका छन्।