काठमाडौं । देशभर तापक्रम घट्दै जाँदा चिसोको प्रभाव बढेको छ। यसैक्रममा आज (सोमबार) काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियसभन्दा तल झरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ५ः४५ बजे गरिएको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस रेकर्ड गरिएको हो।
यो प्रारम्भिक मापन मात्र भएको र आजको आधिकारिक न्यूनतम तापक्रम बिहान ८ः४५ बजे पुनः मापन गरिने महाशाखाले जनाएको छ। उक्त समयमा तापक्रम अझै घट्न सक्ने सम्भावना रहेको छ।
काठमाडौंसहित देशका विभिन्न स्थानमा पनि तापक्रम निरन्तर घट्दो क्रममा रहेकाले चिसो बढ्दै गएको छ।