शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

देउवाले बोलाए आफू निकट शर्ष नेताहरूको बैठक

आइतबार, पुष २० २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका शीर्ष नेताहरूलाई बैठकका लागि बोलाएका छन्।

सभापति देउवाले निवास महाराजगञ्जमा आज दिउँसो २ बजे छलफल गर्ने गरी वर्तमान तथा पूर्व पदाधिकारीहरूलाई आमन्त्रण गरेका हुन्। देउवा निकट एक पूर्व पदाधिकारीका अनुसार बैठकमा पार्टीभित्र देखिएको विवाद, विशेषतः विशेष महाधिवेशनको विषयमा छलफल हुनेछ।

पार्टीभित्र विशेष महाधिवेशन गर्ने माग राख्ने एक पक्ष र विशेष महाधिवेशन सम्भव नभएको संस्थापन पक्षबीच विवाद चुलिएको छ। कार्यसम्पादन समितिले निर्वाचनपछि नियमित महाधिवेशन गर्ने कार्यतालिका पारित गरिसकेको छ।

यद्यपि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विधानअनुसार आवश्यक संख्या पुगेकाले विशेष महाधिवेशन हुनुपर्ने अडान राख्दै त्यसको तयारी अघि बढाइरहेका छन्।

कार्यसम्पादन समितिले वैशाख २८ देखि ३१ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका पारित गरेको छ भने विशेष महाधिवेशन पक्षधरहरूले यही महिनाको अन्तिम साता विशेष महाधिवेशन गराउने पक्षमा जोड दिइरहेका छन्।