काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीलाई आज थारू कल्याणकारिणी सभाको एक प्रतिनिधिमण्डलले भेटेर थारू राष्ट्रिय माघी महोत्सवको निमन्त्रणा दिएका छन्।
महोत्सवको मूल आयोजक समितिका संयोजक तथा थारू कल्याणकारिणी सभाका अध्यक्ष प्रेमीलाल चौधरीले प्रधानमन्त्री कार्कीलाई आगामी माघ १ गते टुँडिखेलमा आयोजना हुने कार्यक्रममा सहभागी हुन निमन्त्रणापत्र हस्तान्तरण गरेका हुन्। अध्यक्ष चौधरीले थारू समुदायका माग र मुद्दा सम्बोधन गर्न, विशेष गरी निजामती सेवामा आरक्षण सुनिश्चित गर्न आग्रह गरे ।
प्रधानमन्त्री कार्कीले संविधान र कानुनमा व्यवस्थित भइसकेका हकको प्रचलन कसैले रोक्न नहुने धारणा राखिन्। उनले भने, “संविधानले दिएको अधिकार कसले र किन रोक्यो? यो कुरा मैले पनि बुझ्न सकिरहेको छैन। संविधान र कानुनमा व्यवस्थित भइसकेका हकको प्रचलन कसैले रोक्न हुँदैन।”