बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात, चिसो बढ्यो

आइतबार, पुष २० २०८२

फुङ्लिङ (ताप्लेजुङ) । धार्मिक स्थल पाथीभरा क्षेत्रमा शनिवार हिमपात भएको छ। यस वर्ष सो क्षेत्रमा पहिलोपटक मङ्सिर ६ गते हिमपात भएको थियो।

समुद्र सतहदेखि ३,७९४ मिटरको उचाइमा अवस्थित पाथीभरा क्षेत्रमा विगतमा प्रायः मङ्सिरदेखि नै हिमपात हुने गरेको छ।

पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार शनिबार बेलुका हिमपात भएको हो। हिमपातसँगै यहाँको चिसो बढेको पनि समितिले जनाएको छ।

पाथीभरा धामसम्म पुग्न आउने तीर्थयात्रीको सहजताको लागि पदमार्गमा फाइबरको ट्रस लगाइएको छ। यसले वर्षा र हिमपातका समयमा समेत तीर्थयात्रीलाई सुरक्षित र सहज यात्रा सुनिश्चित गर्ने पाथीभरा क्षेत्र विकास समितिको जानकारी छ।