शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

समानुपातिक उम्मेदवारको बन्दसूची संशोधनका लागि समय तोकियाे

शुक्रबार, पुष १८ २०८२

काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले पेस गरेका समानुपातिक उम्मेदवारको बन्दसूची संशोधन गर्ने समय पुस २१ देखि २७ गते तोकेको छ।

समानुपातिक उम्मेदवारको बन्दसूची दलहरूले पुस १३ र १४ गते आयोगमा पेस गरेका थिए। आयोगले पुस १५ गते दलहरूलाई उम्मेदवारको नाम छानबिन गरी सच्याउने सूचना दिएको थियो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सात दिनको अवधिमा नाम फिर्ता लिन चाहने उम्मेदवारले निवेदन दिन सक्नेछन्।

प्रमुख कार्यतालिका यस प्रकार निर्धारण गरिएको छ:

  • पुस २८: उम्मेदवारले नाम फिर्ता लिन सक्ने अन्तिम दिन।

  • पुस २९: आयोगले नाम फिर्ता लिएको जानकारी सम्बन्धित राजनीतिक दलहरूलाई उपलब्ध गराउने।

  • कात्तिक ३०: सोही समूहका अर्को उम्मेदवारलाई मनोनयन गरी नामावली पेस गर्ने समय।

  • माघ ४: उम्मेदवारहरूको नामावली सार्वजनिक गर्ने।

  • माघ ५–१०: उम्मेदवारको योग्यता सम्बन्धमा दाबी वा विरोध बुझाउन सकिने अवधि।

  • माघ ११–१७: आयोगले प्राप्त उजुरीमाथि छानबिन गरी निर्णय गर्ने।

  • माघ १९: बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन।

  • माघ २०: अन्तिम उम्मेदवारको नामावली प्रकाशित।

आयोगले यस सम्पूर्ण प्रक्रियाबाट उम्मेदवारको योग्यता र नामावलीमा स्पष्टता र पारदर्शिता सुनिश्चित गर्ने जनाएको छ।