बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

एक फर्मलाई जरिवाना, अन्यलाई सुधारात्मक निर्देशन

शुक्रबार, पुष १८ २०८२

काठमाडौँ । नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन १७ वटा फर्ममा निरीक्षण गरेको छ।

विभागका अनुसार काठमाडौँका विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा एक फर्मलाई नगद जरिवाना गरिएको छ। उग्रचण्डी खाद्यान्न स्टोरलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ तथा ३८(घ) बमोजिमको कसुरमा सोही ऐनको दफा ३९(१)(क) अनुसार कारबाही गर्दै २० हजार रुपैयाँ जरिवाना गरिएको हो।

त्यसैगरी, निकन्टिनेन्टल प्रालिलाई व्यवसायसँग सम्बन्धित कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। बाँकी १५ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको विभागले जनाएको छ।

विभागले स्थानीय प्रशासन, जनप्रतिनिधि तथा सरोकारवालाको सहभागितामा नियमित बजार अनुगमन गर्दै बजारमा स्वच्छता र उपभोक्ता हित संरक्षणका लागि पहल भइरहेको जानकारी दिएको छ।