बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

विद्युत् प्राधिकरणमा २६० भन्दा बढी कर्मचारी भर्नाका लागि आवेदन खुला

शुक्रबार, पुष १८ २०८२

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले २६० भन्दा बढी कर्मचारी भर्नाका लागि आवेदन फाराम खुलाएको छ। प्राधिकरणले अधिकृतदेखि सहायकस्तरसम्मका विभिन्न पदमा दरखास्त आह्वान गरेको हो।

विज्ञापनअनुसार अधिकृतस्तरका सहनिर्देशकदेखि वातावरणविदसम्मका पदमा १३२ जना तथा सहायकस्तरका मिटर रिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल पदमा १३० जना कर्मचारी भर्ना गरिनेछ।

योग्यता पुगेका इच्छुक उम्मेदवारले आगामी माघ १० गतेभित्र अनलाइनमार्फत आवेदन दिन सक्ने प्राधिकरणले जनाएको छ।

यसैगरी, नेपाल विद्युत् प्राधिकरणले ज्येष्ठता र कार्यसम्पादन मूल्यांकन तथा कार्यक्षमता मूल्यांकनका आधारमा हुने बढुवाका लागि पनि विभिन्न पदमा आवेदन फाराम खुला गरेको जानकारी दिएको छ।