शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

वीरेन्द्रनगरमा किशोरकिशोरी मृत फेला

बिहिबार, पुष १७ २०८२

कर्णाली । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थान सामुदायिक वनमा आज दुई जना किशोरकिशोरी मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत श्यामप्रकाश यादवका अनुसार मृत अवस्थामा फेला पर्नेमा १९ वर्षीया सुनिता भण्डारी (नगरपालिका–३, दैलेख) र १७ वर्षीय सुरेन्द्र थापा (ठाटिकाँध गाउँपालिका–२, दैलेख) रहेका छन्।

बुधबार बिहान दाउरा काट्न गएका स्थानीयले रुखमा झुन्डिएको देखेर सहिद पार्कस्थित अस्थायी प्रहरी बिट सुर्खेतलाई जानकारी दिएका थिए।

प्रहरीले घटनास्थलमा मुचुल्का लगायत प्रारम्भिक प्रक्रिया पूरा गरी दुवैको शव परीक्षणका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँमा राखिएको छ।