शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

रास्वपाको समानुपातिक सूचीमा तोसिमा कार्कीले जनाइन् असन्तुष्टि

बुधबार, पुष १६ २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूची पार्टीभित्रै तीव्र विवादको विषय बनेको छ । सूची सार्वजनिक भएसँगै नेतृत्वको निर्णयप्रति आलोचना चर्किएको छ भने असन्तुष्टि व्यक्त गर्नेहरूमा पार्टीकी नेतृ तोसिमा कार्की खुलेर उभिएका छन् ।

नेतृ कार्कीले समानुपातिक निर्वाचन प्रणालीको मूल मर्ममाथि नै प्रश्न उठाउँदै यो व्यवस्था भौगोलिक रूपमा विकट क्षेत्र, पहुँच र शक्ति नपुगेका तर सक्षम व्यक्तिहरूलाई प्रतिनिधित्व गराउनका लागि ल्याइएको स्मरण गराइन् । उनले समानुपातिक सूचीले विपन्न वर्ग, कर्णाली र सुदूरपश्चिमका आवाज तथा गाउँको प्रतिनिधित्व बोल्नुपर्ने उल्लेख गरिन् ।

तर पार्टी नेतृत्वका आफन्त तथा पार्टीका ‘भाइटल पोजिसन’मा रहेका व्यक्तिहरू नै समानुपातिक सूचीमा आकांक्षी बनेर अग्रपंक्तिमा स्थान सुरक्षित गर्नुले समानुपातिक प्रणालीको औचित्यमाथि गम्भीर प्रश्न उठेको उनको भनाइ छ । “समानुपातिकले समावेशीता सुनिश्चित गर्नुपर्छ, निषेध होइन,” उनले टिप्पणी गर्नुभयो ।

नेतृ कार्कीले पार्टीका सचिवालय सदस्य र पदाधिकारीहरू सधैं ‘पोजिसन अफ बेनिफिट’मा रहने अवस्था रहेको उल्लेख गर्दै प्राइमरी भोटिङ वा मूल्यांकन दुवैमा उनीहरूलाई लाभ पुग्ने गरेको आरोप लगाइन् । पार्टीको महाधिवेशन नहुँदासम्म पदाधिकारी र सचिवालय दुवै निर्वाचनबाट नबनेको अवस्थामा पार्टीभित्र पदमा बसेर फेरि निर्वाचनमा समानुपातिक सूचीमा समेत नाम सुरक्षित गर्नु पुराना दलहरूको प्रवृत्तिभन्दा फरक नदेखिएको उनको टिप्पणी छ ।

उनले पार्टीका भाइटल पोजिसनमा रहेका नेताहरूले प्रत्यक्ष चुनाव लड्ने हिम्मत गर्नुपर्नेमा जोड दिइन्। “पार्टी अहिले यति ठूलो भइसकेको छ, साथीहरू किन डराउनुहुन्छ ? सचिवालय सदस्य र पदाधिकारीहरू नै चुनाव लड्न डराए भने अरूले के गर्ने ?” भन्दै उनले प्रश्न गरिन् ।

नेतृ कार्कीले उदाहरणीय नेतृत्व प्रस्तुत गर्न सबै पदाधिकारी तथा सचिवालय सदस्यले आफ्ना नाम समानुपातिक सूचीबाट हटाएर प्रत्यक्ष निर्वाचन लड्नुपर्ने र समानुपातिक सूचीमा आफन्तवाद तथा नातावादलाई पूर्ण रूपमा निषेध गर्नुपर्ने माग पनि गरिन् ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूची पार्टीभित्रै तीव्र विवादको विषय बनेको छ । सूची सार्वजनिक भएसँगै नेतृत्वको निर्णयप्रति आलोचना चर्किएको छ भने असन्तुष्टि व्यक्त गर्नेहरूमा पार्टीकी नेतृ तोसिमा कार्की खुलेर उभिनुभएको छ ।

नेतृ कार्कीले समानुपातिक निर्वाचन प्रणालीको मूल मर्ममाथि नै प्रश्न उठाउँदै यो व्यवस्था भौगोलिक रूपमा विकट क्षेत्र, पहुँच र शक्ति नपुगेका तर सक्षम व्यक्तिहरूलाई प्रतिनिधित्व गराउनका लागि ल्याइएको स्मरण गराउनुभएको छ । उहाँले समानुपातिक सूचीले विपन्न वर्ग, कर्णाली र सुदूरपश्चिमका आवाज तथा गाउँको प्रतिनिधित्व बोल्नुपर्ने उल्लेख गर्नुभयो ।

तर पार्टी नेतृत्वका आफन्त तथा पार्टीका ‘भाइटल पोजिसन’मा रहेका व्यक्तिहरू नै समानुपातिक सूचीमा आकांक्षी बनेर अग्रपंक्तिमा स्थान सुरक्षित गर्नुले समानुपातिक प्रणालीको औचित्यमाथि गम्भीर प्रश्न उठेको उहाँको भनाइ छ । “समानुपातिकले समावेशीता सुनिश्चित गर्नुपर्छ, निषेध होइन,” उहाँले टिप्पणी गर्नुभयो ।

नेतृ कार्कीले पार्टीका सचिवालय सदस्य र पदाधिकारीहरू सधैं ‘पोजिसन अफ बेनिफिट’मा रहने अवस्था रहेको उल्लेख गर्दै प्राइमरी भोटिङ वा मूल्यांकन दुवैमा उनीहरूलाई लाभ पुग्ने गरेको आरोप लगाउनुभयो । पार्टीको महाधिवेशन नहुँदासम्म पदाधिकारी र सचिवालय दुवै निर्वाचनबाट नबनेको अवस्थामा पार्टीभित्र पदमा बसेर फेरि निर्वाचनमा समानुपातिक सूचीमा समेत नाम सुरक्षित गर्नु पुराना दलहरूको प्रवृत्तिभन्दा फरक नदेखिएको उहाँको टिप्पणी छ ।

उहाँले पार्टीका भाइटल पोजिसनमा रहेका नेताहरूले प्रत्यक्ष चुनाव लड्ने हिम्मत गर्नुपर्नेमा जोड दिनुभयो । “पार्टी अहिले यति ठूलो भइसकेको छ, साथीहरू किन डराउनुहुन्छ ? सचिवालय सदस्य र पदाधिकारीहरू नै चुनाव लड्न डराए भने अरूले के गर्ने ?” भन्दै उहाँले प्रश्न गर्नुभयो ।

नेतृ कार्कीले उदाहरणीय नेतृत्व प्रस्तुत गर्न सबै पदाधिकारी तथा सचिवालय सदस्यले आफ्ना नाम समानुपातिक सूचीबाट हटाएर प्रत्यक्ष निर्वाचन लड्नुपर्ने र समानुपातिक सूचीमा आफन्तवाद तथा नातावादलाई पूर्ण रूपमा निषेध गर्नुपर्ने माग पनि गर्नुभएको छ ।