शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

पश्चिमी वायुको प्रभाव: तराईमा हुस्सु, पहाड–हिमालमा आंशिक बदली

बुधबार, पुष १६ २०८२

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव देखिँदा मौसममा परिवर्तन आएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई भू–भागका अधिकांश स्थानमा हुस्सु लाग्ने अनुमान गरिएको छ ।

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ । यस्तै, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

हुस्सु र कुहिरोका कारण तराई क्षेत्रमा हवाई तथा स्थल यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ ।

यसैबीच, काठमाडौँ उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम ५ डिग्री सेल्सीयस मापन गरिएको छ भने अधिकतम तापक्रम १७ देखि १८ डिग्री सेल्सीयसका बीच रहने पूर्वानुमान गरिएको छ ।