शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

पश्चिमी वायूको आंशिक प्रभाव, तराईमा हुस्सु र उच्च पहाडमा हल्का वर्षा–हिमपातको सम्भावना

सोमबार, पुष १४ २०८२

काठमाडौँ । देशभर हाल पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरै स्थानमा हुस्सु लागेको छ भने पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको छ ।

हाल कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहँदा बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

सोमबार दिउँसो तराई क्षेत्रका धेरै स्थानमा हुस्सु तथा कुहिरो कायम रहने अनुमान गरिएको छ । यसैगरी देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमानमा उल्लेख गरिएको छ ।

रातिको समयमा पनि तराईका अधिकांश स्थानमा हुस्सु रहने अनुमान छ । पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।