काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पुनः बस्ने भएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
यसअघि आइतबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बैठकमा अन्य एजेन्डा स्थगित गर्दै समानुपातिक सांसदको सूची टुङ्ग्याउने विषयमा प्रदेशगत छलफल गरिएको थियो ।
पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार आजको बैठकमा सातै प्रदेशबाट केन्द्रीय कार्यसम्पादन समितिमा रहेका नेताहरूसँग छलफल गरी समानुपातिक उम्मेदवारको सूची तयार पारेर निर्वाचन आयोगमा बुझाइनेछ ।
समानुपातिक प्रणालीअन्तर्गत १ सय १० जना सांसद चयन हुने भएकाले सूची तयार पार्नु अत्यन्तै महत्त्वपूर्ण कार्य भएको महतले उल्लेख गरे ।
प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेस गर्ने अन्तिम दिन रहेको छ ।