काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनसँग सम्बन्धित घटनाबारे आज जाँचबुझ आयोगमा बयान दिने भएका छन् ।
लेखक दिउँसो १२ बजे सिंहदरबारस्थित आयोगको कार्यालयमा उपस्थित भई आन्दोलनका क्रममा भएका घटनाबारे आफ्नो धारणा र जानकारी प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।
यसपछि उनले दिउँसो २ बजे नेपाली कांग्रेसको संसदीय दलको कार्यालयबाट थप धारणा सार्वजनिक गर्ने तयारी गरेका छन् ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला रमेश लेखक गृहमन्त्रीको जिम्मेवारीमा रहेका थिए ।