काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच सात बुँदे सहमति भएको घटनाप्रति प्रतिक्रिया व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमा बास्कोटाले लेखेका छन्, ‘रवि–बालेन मिलेछन्। अब कुलमान–प्रचण्ड बाँकी रहे जस्तो देखियो। त्यो पनि होला झैँ लाग्छ।’
रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगर मेयर बालेन्द्र शाहबीच भएको एकता वार्ता पूरा भए पनि उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ यसमा छुटेका छन्। हिजो साँझ बालेन र कुलमानबीच वार्ता सुरु भए पनि पछि रवि सहभागी भए, तर सम्झौता अन्ततः रवि र बालेनबीच मात्रै भएको थियो।
कुलमानको पार्टीले एकतामा आफ्नो नाम वा पार्टीको अस्तित्व मेटिने गरी सम्झौता नगर्ने अडान राखेको थियो।