शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

आइतबार, पुष १३ २०८२

सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–तुम्लिङटार सडकखण्डमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

कोशी राजमार्गअन्तर्गत खाँदबारी–तुम्लिङटार सडकमा हिजाे साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा खाँदबारी नगरपालिका–९ तुम्लिङटारका ४५ वर्षीय धनबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए ।

खाँदबारी–तुम्लिङटार सडकमा सभाखोलाबाट तुम्लिङटार आइरहेको को१८प ७१७६ नम्बरको मोटरसाइकल र तुम्लिङटारबाट सभाखोलातर्फ गइरहेको प्रदेश१–०२–०४३प २२७७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते को१८प ७१७६ नम्बर मोटरसाइकलमा पछाडि सवार धनबहादुर सुनारको उपचारका क्रममा मनकामना सामुदायिक असस्पतालमा मृत्यु भएको हो ।

त्यस्तैगरी खाँदबारी–९ का मोटरसाइकल चालकद्वय ४८ वर्षीय चक्रबहादुर सुनार र धनकुटाको छथर जोरपाटी गाउँपालिका–३ का ५५ वर्षीय यज्ञबहादुर श्रेष्ठ घाइते भएका प्रहरीले जनाएको छ । घाइतेको मनकामना सामुदायिक अस्पताल तुम्लिङटारमा उपचार भइरहेको छ ।