शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

आइतबार, पुष १३ २०८२

काठमाडौँ । केही दिनदेखि जारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ। पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।

शनिबार सम्पन्न बैठकमा समानुपातिकतर्फ १ सय १० जना उम्मेदवार चयनका लागि मापदण्ड तय गर्दै नाम छनोटको प्रक्रिया सुरु गरिएको बताइएको छ।

त्यसैगरी, शनिबारको बैठकले विगतका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका, तिनका प्रस्तावक तथा समर्थक रहेका वा असहयोग गरी अनुशासन विपरीतका गतिविधिमा संलग्न भई कारबाहीमा परेकाहरूको निष्कासन र निलम्बन अवधि माफी मिनाहा गर्ने निर्णय गरेको थियो।

निर्णयअनुसार उनीहरूको क्रियाशील सदस्यता निरन्तर रहने गरी नवीकरण गरिनेछ। साथै पार्टी परित्याग गरेकालाई पनि कांग्रेसमा फर्कन आह्वान गर्ने निर्णय बैठकले गरेको छ।