शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

रवि-बालेन सहमतिमा छुटे कुलमान

आइतबार, पुष १३ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच सात बुँदे सहमति भएको छ।

आज बिहान भएको सहमतिमा पछिल्लो समय एकताका लागि निरन्तर संवादमा रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ भने सहभागी भएनन्। घिसिङ रास्वपा र बालेन शाह दुवैसँग निरन्तर संवादमा रहँदै आएका थिए। तर उनले आफ्नो पार्टीको अस्तित्व नै मेटिने गरी एकता गर्न नसकिने अडान लिँदै आएका थिए।

घिसिङले नयाँ राजनीतिक शक्तिहरूले सबैको अस्तित्व स्वीकार गर्दै सम्मानपूर्वक एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याउँदै आएका थिए। एकतापछि कायम हुने पार्टीको नाम र जिम्मेवारी बाँडफाँटमा असन्तुष्टि जनाउँदै उनी एकता प्रक्रियाबाट अलग रहेको बताइन्छ।

यद्यपि, रवि र बालेनबीच भएको सहमतिमा ‘अन्य परिवर्तनकामी र सुसंस्कृत राजनीतिक शक्ति, समूह तथा व्यक्तिहरूलाई पनि सहकार्यका लागि आह्वान गर्ने’ बुँदा समावेश गरिएको छ। यही बुँदाको आधारमा कुलमान घिसिङलगायत अन्य नेताहरूसँग आगामी दिनमा एकताको प्रयास हुने रास्वपा तथा बालेन शाह पक्षका नेताहरूले बताएका छन्।