काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच सात बुँदे सहमति भएको छ। रातभर चलेको छलफलपछि आज बिहान दुवै पक्ष सहमतिमा पुगेका हुन्।
सहमति अनुसार रास्वपाको केन्द्रीय नेतृत्व पार्टी सभापति रवि लामिछानेकै हातमा रहनेछ। तर आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि बन्ने सरकारको नेतृत्वका लागि बालेन्द्र शाहलाई अघि सार्ने सहमति भएको छ।
सहमति पत्रको चौथो बुँदामा रास्वपाका केन्द्रीय सभापति रवि लामिछाने रहने र निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवारका रूपमा बालेन्द्र शाहलाई स्वीकार गरिने स्पष्ट उल्लेख गरिएको छ।
आज बिहान सम्पन्न सहमतिपत्रमा रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।
