शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

रास्वपासँग सहमतिअघि बालेन–कुलमान भेटवार्ता हुने

शनिबार, पुष १२ २०८२

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र कुलमान घिसिङबीच भेटवार्ता हुने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग हुने सहमतिमा हस्ताक्षर गर्नुअघि दुवैबीच छलफल हुन लागेको हो।

बालेननिकट स्रोतका अनुसार शनिबार उनी गोदाबारीबाट निस्किएर सिधै कुलमान घिसिङलाई भेट्न निस्किएका हुन्। सहमतिलाई अन्तिम रूप दिनुअघि आपसी धारणा मिलाउन भेटवार्ता गर्न लागिएको बताइएको छ।

यसअघि सामाजिक सञ्जालमा शुक्रबार राति नै बालेन, रवि लामिछाने र कुलमान घिसिङबीच भेट भएको चर्चा चलेको थियो। तर स्रोतका अनुसार शुक्रबार राति बालेन भुपदेव शाह, कुमार बेन, केपी खनाललगायत आफ्ना निकट व्यक्तिसँग गोदाबारीमै थिए र त्यतिबेला कुलमानसँग भेट भएको थिएन।