काठमाडौं । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा परराष्ट्र मन्त्री बन्ने भएका छन्।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई परराष्ट्र मन्त्रीमा नियुक्त गर्ने तयारी भएको स्रोतले जनाएको छ। स्रोतका अनुसार शर्माको शपथ आजै गराउने तयारी छ।
‘उहाँको शपथ आजै हुनेछ,’ स्रोतले बताएको छ।
पूर्वरथी शर्मा माओवादी लडाकूहरू शान्ति प्रक्रियामा आएपछि नेपाली सेनामा समायोजन गर्ने विशेष समिति सचिवालयका संयोजकको भूमिकामा समेत रहेका थिए।