शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी

शुक्रबार, पुष ११ २०८२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ। बैठक दिउँसो १:०० बजे पुनः सुरु हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बुधबारदेखि जारी बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे र महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठ तथा केन्द्रीय सदस्यहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, अर्जुननरसिंह केसी, प्रवक्ता डा. प्रकाशशरण महत, बलबहादुर केसी र ज्ञानेन्द्रबहादुर कार्कीले आफ्ना धारणा राखिसकेका छन् ।

बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले अबको १६ दिनभित्र क्रियाशील सदस्यताको काम अनिवार्य रूपमा टुंग्याउनुपर्ने अवस्था रहेको बताए। उनले क्रियाशील सदस्यता टुंग्याएपछि वडा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न गरी सिधै केन्द्रीय महाधिवेशनतर्फ जान प्रस्ताव गरेका छन् ।