शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

बिहिबार, पुष १० २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत र सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

आज जारी शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले पर्वको माध्यमबाट विभिन्न सांस्कृतिक पहिचान र धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुने उल्लेख गरे ।

 ‘डिसेम्बर २५ मा इसाई धर्मावलम्बीहरूले जिसस क्राइस्टको जन्मदिनको अवसरमा धार्मिक र सांस्कृतिक कार्यक्रम आयोजना गर्दै ‘क्रिसमस डे’ मनाउने गर्दछन्। नेपालमा पनि विभिन्न स्थानमा यस पर्वलाई मनाउने प्रचलन रहेको छ’ सन्देशमा भनिएको छ ।

राष्ट्रपति पौडेलले यस पर्व प्रेम, क्षमा, दया र शान्तिको मार्गदर्शनसहित मानवता, समानता र सेवाभावलाई प्रोत्साहित गर्दै सामाजिक एकता कायम गर्न प्रेरणा दिने आशा व्यक्त गरेका छन् ।

राष्ट्रपतिले इसाई धर्मावलम्बीहरूको पर्वले सबै नेपालीबीच आपसी विश्वास, प्रेम र एकताको भावना प्रगाढ बनाउन योगदान पु¥याओस् भन्ने शुभकामना व्यक्त गरे ।