शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

१३ अंकले घट्यो नेप्से, व्यापार बाहेक सबै समुहले गुमाए

सोमबार, पुष ७ २०८२

काठमाडौं । नेप्से घटेको छ । अघिल्लो दिन १९ दशमलव ९२ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार १३ दशमलव ८८ अंकले घटेर २५ सय ८१ दशमलव २१ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव २५ अंकले बढेर चार सय ४६ दशमलव शुन्य एक अंकमा पुगेको छ । तीन सय ३२ वटा कम्पनीहरुको ६५ हजार तीन सय १२ पटकको कारोबारमा ९१ लाख ६७ हजार तीन सय ५९ कित्ता शेयर किनबेच भएका छन् भने कुल कारोबार रकम तीन अर्ब ५१ करोड ५९ लाख ३० हजार सात सय १८ रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा व्यापार समुहको सुचक २१ दशमलव ६४ अंकले बढेपनि बाँकी समुहरुको सुचक उच्च अंकले घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक चार दशमलव ७७ अंकले घटेर १३ सय ४१ दशमलव ४६ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि २१ दशमलव ८९ अंकले घटेर ३२ सय ९२ दशमलव ९० अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ३२ दशमलव ३९ अंकले घटेर १२ हजार नौं सय ३६ दशमलव ५६ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ४८ दशमलव ९४ अंकले घटेर १० हजार सात सय १८ दशमलव ७७ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि उच्च अंकले घटेका छन्।

नेप्सेमा आज एसवाई प्यानल लिमिटेडले सबैभन्दा बढी कमाउँदा मानुषी लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । लुम्बिनी बिकास बैंकको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।