शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रतिनिधिसभा निर्वाचन तयारीबारे प्रधानमन्त्री कार्कीको आह्वानमा सिंहदरबारमा छलफल सुरु

सोमबार, पुष ७ २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा राजनीतिक दल तथा नागरिक प्रतिनिधिसँगको छलफल सिंहदरबारमा सुरु भएको छ।

आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा छलफलका क्रममा निर्वाचन आयोगले आवश्यक प्रस्तुतीकरण गर्ने कार्यक्रम रहेको छ।

बैठकमा प्रधानमन्त्री कार्कीसँगै अन्तरिम सरकारका मन्त्रीहरू, प्रमुख राजनीतिक दलका तल्लो तहका नेताहरू तथा निर्वाचन आयोगका पदाधिकारीहरूको सहभागिता रहेको छ।

प्रमुख दुई राजनीतिक दल नेकपा (एमाले) र नेपाली कांग्रेसले संसद पुनःस्थापनाको माग गर्दै आएका छन्। यसैबीच केही जेन–जी समूहले सर्वपक्षीय अन्तरिम सरकार गठन गरेर मात्र निर्वाचन गर्नुपर्ने मागसहित आन्दोलन सुरु गरेपछि सरकार राजनीतिक दलहरूसँग छलफलमा जुटेको हो।