काठमाडौं । माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन–जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारेको छ। सो क्रममा निकोलस भुसालसहित केही युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा, सर्वपक्षीय सरकार गठनलगायतका माग राख्दै मिराज ढुंगाना र रविकिरण हमालसहितका जेन–जी समूह ‘संयुक्त आन्दोलन’को नाममा माइतीघरमा प्रदर्शनमा उत्रिएका थिए।
प्रदर्शनस्थलमा केही घाइतेसमेत पुगेका थिए।
प्रशासनको पूर्वअनुमति नलिई कार्यक्रम आयोजना गरिएको भन्दै प्रहरीले प्रदर्शनकारीलाई हटाएको हो। सो क्रममा प्रहरी र आन्दोलनकारीबीच धकेलाधकेलसमेत भएको बताइएको छ।