शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

झण्डै दुई अंकले घट्यो नेप्से, कमाउने भन्दा गुमाउने समुह धेरै

बिहिबार, मंसिर २५ २०८२

काठमाडौं । नेप्से घटेको छ । अघिल्लो दिन पाँच दशमलव शुन्य तीन अंकले घटेको नेप्से आज बिहिबार एक दशमलव ६६ अंकले घटेर २६ सय सात दशमलव ३७ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स शुन्य दशमलव ११ अंकले बढेर चार सय ४६ दशमलव ३० अंकमा पुगेको छ । तीन सय २६ वटा कम्पनीहरुको ६९ हजार सात सय २९ पटकको कारोबारमा ७७ लाख ६८ हजार छ सय एक कित्ता शेयर किनबेच भएकोमा कुल कारोबार रकम तीन अर्ब ४९ करोड ७९ लाख ७९ हजार सात सय ५६ रुपैैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा पाँच वटा समुहले कमाएपनि बाँकी समुहहरुले भने गुमाएका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक दुई दशमलव १३ अंकले बढेर १३ सय ३६ दशमलव ३० अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि २४ दशमलव ९६ अंकले बढेर १३ हजार दुई सय ५५ दशमलव ४१ अकमा पुगेको छ । उत्पादनमुलक, लघुवित्त र व्यापार समुहको सुचक पनि आज बढेका छन् । बिकास बैंक समुहको सुचक भने १० दशमलव ५६ अंकले घटेर पाँच हजार तीन सय ४६ दशमलव ६६ अंकमा पुगेको छ भने जलविधुत समुहको सुचक पनि १२ दशमलव ३९ अंकले घटेर ३३ सय ६१ दशमलव १६ अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि १८ दशमलव २६ अंकले घटेर १० हजार आठ सय दुई दशमलव ५२ अंकमा पुगेको छ भने फाईनान्स, होटल तथा पर्यटन, लगानी, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि घटेका छन्।

नेप्सेमा आज स्वस्तिक लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाउँदा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । ङादी ग्रुप पावर लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।