बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्सेमा झिनो अंकले गिरावट, पाँच वटा समुहले कमाउँदा आठ वटा समुहले गुमाए

सोमबार, मंसिर २२ २०८२

काठमाडौं । नेप्से झिनो अंंकले घटेको छ । अघिल्लो दिन २१ दशमलव ४८ अंकले घटेको नेप्से आज सोमबार पुन तीन दशमलव शुन्य दुई अंकले घटेर २६ सय छ दशमलव ६७ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५० अंकले घटेर चार सय ४६ दशमलव ७५ अंकमा पुगेको छ । तीन सय ३१ वटा कम्पनीहरुको ८३ हजार दुई सय ७३ पटकको कारोबारमा एक करोड एक लाख ४६ हजार चार सय कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कुल कारोबार रकम चार अर्ब ६६ करोड ९५ लाख ४८ हजार सात सय ४२ रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा पाँच वटा समुहको सुचक बढेपनि बाँकी समुहहरुको सुचक भने घटेको छ । सो मध्ये जलबिद्युत समुहको सुचक चार दशमलव २७ अंकले बढेर ३३ सय ६७ दशमलव ७६ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि ६५ दशमलव ४८ अंकले बढेर १३ हजार एक सय ५० दशमलव ५९ अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि छ दशमलव ३७ अंकले बढेर १० हजार आठ सय ७८ दशमलव ८९ अंकमा पुगेको छ भने उत्पादनमुलक र व्यापार समुहको सुचक पनि बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने नौं दशमलव शुन्य तीन अंकले घटेर १३ सय ३६ दशमलव ८४ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक पनि छ दशमलव ३१ अंकले घटेर ५३ सय ५६ दशमलव ५२ अंकमा पुगेको छ । फाईनान्स, होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि उच्च अंकले घटेका छन्।

नेप्सेमा आज अपर स्याङगे हाईड्रोपावर लिमिटेडले सबैभन्दा बढी कमाउँदा सर्पोट लघुवित्त वित्तीय संंस्थाले सबैभन्दा बढी गुमाएको छ । ङादी ग्रुप पावर लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।