शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सभापतिमा शेखर दाइ र ममध्ये एक जना लड्छौँ : शशाङ्क कोइराला

मंगलबार, मंसिर १६ २०८२

चितवन । नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले पार्टीको महाधिवेशनका लागि समय कम भएको बताएका छन् ।

आज यहाँ पत्रकारहरुसँगको कुराकानीमा उनले महाधिवेशन सञ्चालन गर्न कम्तीमा तीन महिना आवश्यक रहेको उल्लेख गरे। कोइरालाले भने, “समय कम भयो। महाधिवेशन पुसमा सम्भव भएन भने निर्वाचनपछि हुनेछ। पुसमा गर्ने निर्णय भए पनि हुन या नहुनेमा टुङ्गो छैन।”

उनले सबैले महाधिवेशनको तयारीमा जुट्नुपर्नेमा जोड दिँदै जेनजी आन्दोलनलाई पनि महाधिवेशनमा समेट्नुपर्ने बताएका छन्। सभापतिका लागि उम्मेदवारीबारे उनले भने, “सभापतिका लागि म लड्ने हो। शेखर दाइ इच्छुक हुनुहुन्छ। कुरा भइरहेको छ। दुईजनामध्ये एक जना लड्छौँ।”