शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्सेमा सामान्य अंकले गिरावट, चार अंकले घट्दा चार अर्ब ७१ करोडको कारोबार

सोमबार, मंसिर १५ २०८२

काठमाडौं । नेप्सेमा सामान्य अंकले गिरावट आएको छ । अघिल्लो दिन २६ दशमलव ५१ अंकले घटेको नेप्से चालु आर्थिक बर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक भएको दिन आज सोमबार चार दशमलव २८ अंकले घटेर २६ सय ४५ दशमलव २४ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ७२ अंकले घटेर चार सय ५५ दशमलव २६ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय २५ वटा कम्पनीहरुको ६० हजार छ सय २० पटकको कारोबारमा एक करोड आठ लाख ६० हजार आठ सय २८ कित्ता शेयर किनबेच भएकोमा कारोबार रकम चार अर्ब ७१ करोड ६३ लाख ८३ हजार पाँच सय ८० रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा पाँच वटा समुहहरुको सुचक बढेपनि बाँकी आठ वटा समुहहरुको सुचक भने घटेको छ । सो मध्ये बिकास बैंक समुहको सुचक १४ दशमलव ३९ अंकले बढेर ५४ सय ४० दशमलव ३० अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि सात दशमलव ६६ अंकले बढेर ३३ सय ९८ दशमलव ४१ अंकमा पुगेको छ । फाईनान्स, उत्पादनमुलक र लघुवित्त समुहको सुचक पनि बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने नौं दशमलव ४८ अंकले घटेर १३ सय ७२ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि ६९ दशमलव ९६ अंकले घटेर १३ हजार तीन सय ९८ दशमलव ७१ अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि शुन्य दशमलव ६५ अंकले घटेर ११ हजार २६ दशमलव चार अंंकमा पुगेको छ भने होटल तथा पर्यटन, लगानी, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन्।

नेप्सेमा आज सागर डिष्ट्रिली प्रालीले सबैभन्दा बढी कमाउँदा निफ्रा ग्रिन इर्नर्जी डिवेञ्चर २०८८/०८९ ले सबैभन्दा बढी गुमाएको छ । युनाईटेड मोदी हाईड्रोपावर लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।