काठमाडौं । नेकपा (एमाले)ले आज पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको लोगो औपचारिक रूपमा सार्वजनिक गर्ने घोषणा गरेको छ।
अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा लोगो सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। कार्यक्रमलाई सफल बनाउन पार्टीका नेता तथा कार्यकर्तालाई उपस्थित रहन आग्रह गरिएको छ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा आयोजित हुने छ।