शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आज पोखरामा नेकपाको एकता सन्देश सभा

आइतबार, मंसिर १४ २०८२

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गण्डकी प्रदेशलाई केन्द्रित गर्दै आज आइतबार कास्कीको पोखरामा एकता सन्देश सभा आयोजना गरिरहेको छ ।

कार्यक्रममा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाललगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने तयारी छ ।

पार्टीले प्रदेशगत एकता अभियानअन्तर्गत भोलि सोमबार कोशी प्रदेशको विराटनगरमा, मङ्सिर १८ गते कर्णाली प्रदेशको सुर्खेतमा, मङ्सिर २० गते मधेश प्रदेशको जनकपुरमा र मङ्सिर २३ गते बागमती प्रदेशको हेटौँडामा सभा गर्ने तालिका सार्वजनिक गरेको छ ।

यससँगै मङ्सिर २९ गते देशभरका सबै पालिकामा एकैसाथ एकता सन्देश सभा गर्ने नेकपाको तयारी छ ।

यसअघि नेकपाले शुक्रबार सुदूरपश्चिम प्रदेशको धनगढीमा र शनिबार लुम्बिनी प्रदेशको दाङ देउखुरीमा प्रदेशस्तरीय एकता सन्देश सभा सम्पन्न गरी सन्देश प्रवाह गरिसकेको छ ।