शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

रास्वपा र विवेकशील साझाबीच एकताकाे टुङ्गो लगाउने जिम्मेवारी स्वर्णिम वाग्लेलाई

बिहिबार, मंसिर ११ २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकताको अन्तिम टुङ्गो लागेको छ। दुवै दलका नेताहरूले छलफलमा एकता पुष्टि भएको बताएका छन्।

जानकार स्रोतका अनुसार एकता घोषणा गर्ने तयारी समेत भइरहेको छ। उच्चस्तरीय संवादपछि दुई दलबीच सहमति भएको जानकारी गराइएको छ।

रास्वपाले नयाँ र वैकल्पिक शक्तिहरूसँग एकता वा सहकार्यका लागि उपसभापति डा. स्वर्णिम वाग्लेलाई जिम्मेवारी दिएको थियो। विवेकशील साझाका नेताहरू पनि वैकल्पिक शक्तिसँग एकता गर्ने विषयमा सक्रिय छलफलमा थिए।

बुधबार पनि दुई दलका नेताहरूबीच वार्ता जारी रहेको थियो।