शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सुनचाँदीको मूल्यमा भारी वृद्धि, कति पुग्यो आज ?

आइतबार, मंसिर ७ २०८२

काठमाडाैं । स्थानीय बजारमा साताको पहिलो दिन आज सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (आज) सुन दुई लाख ४४ हजार ६०० रुपैयाँ पुगेको छ।

महासंघले चाँदी तीन हजार १३५ रुपैयाँ पुगेको जनाएको छ।

यसअघि दुई लाख ४१ हजार ७०० रुपैयाँको सुन र चाँदी ३१ सयमा कारोबार भएको थियो। यसरी सुनमा २९ सय रुपैयाँ र चाँदी १३५ रुपैयाँको वृद्धि भएको हो।