शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

पार्टीमा फर्किएका नेताहरूलाई महाधिवेशन प्रतिनिधि बनाउने एमालेकाे निर्णय

शुक्रबार, मंसिर ५ २०८२

काठमाडौं  । नेकपा (एमाले)ले ‘घर फर्क अभियान’अन्तर्गत पार्टीमा पुनः आबद्ध भएका नेताहरूलाई आगामी ११औँ महाधिवेशनमा प्रतिनिधि बनाउने निर्णय गरेको छ।

बिहीबार बसेको पार्टी सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले उक्त विशेष निर्णय सार्वजनिक गरेका हुन् ।

ज्ञवालीका अनुसार विभिन्न वामपन्थी समूहमा सक्रिय रहेर पछिल्ला दिनमा पुनः एमालेमा फर्किएका र अघिल्ला संरचनामा केन्द्रीय कमिटी तहमा जिम्मेवारी सम्हालेका नेताहरूलाई महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी गराउने सहमति भएको छ।

केही समयअघि मात्रै रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायतका नेताहरू पुनः एमालेमा फर्किएका थिए। एमालेको ११औँ राष्ट्रिय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने कार्यक्रम तय गरिएको छ।