शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

रास्वपाको ओरालो यात्रा

बुधबार, मंसिर ३ २०८२

काठमाडौं । ०७९ को निर्वाचनमा आक्रामक र हस्तक्षेपकारी बनेर सदनमा प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तीन बर्षमा नै ओरालो यात्रातिर लम्किएको छ।

खासगरी व्यक्ति केन्द्रित रास्वपाभित्रको उकुस मुकुस र उसका निर्णय प्रक्रियामा बिमती राख्ने नेताले छाड्न थालेका छन्। शिक्षामन्त्री समेत बनिसकेकी सुमना श्रेष्ठ र प्रमुख सचेतक भैसकेका सन्तोष परियारले पनि पार्टी छाडेपछि उसको ओरालो यात्रा सुरु भएको आँकलन गरिएको छ।

उक्त पार्टीलाई बलियो बनाउनका लागि कुलमान घिसिङलाई कार्यबाहक सभापति बनाउन सकिनेगरीको प्रस्ताव अस्वीकार गरेपछि रास्वपाभित्रको उकुस मुकुस विस्तारै खुलासा हुन थालेको छ।

सुमनापछि सन्तोष परियारले पनि छाडे रास्वपा, तोसिमालाई छाड्न डीपी अर्याल पक्षको दबाब
विघटित प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रमुख सचेतक रहेका परियारले दल परित्याग गर्नु पछिल्लो उदाहरण हो।

चितवनमा विशेष महाधिवेशनको माग गरेका परियारले अलग अभियानमा जोडिने तयारी गरेका हुन्। उनले कार्यबाहक सभापति डीपी अर्याललाई राजीनामा बुझाएका हुन्।

पछिल्लो समय रास्वपामा नेतृत्व परिवर्तको बहसमा परियार पनि थिए।

यसैबीच अर्की नेत्री तोसिमा कार्कीलाई पनि पार्टी परित्यागका लागि दबाब दिइन थालेको बुझिएको छ।

तोसिमाले यसअघि नै विभिन्न फोरममा पार्टी पुनर्गठनको माग गरिरहेकी थिइन्। सोही बेलादेखि उनलाई पेलिन थालेको थियो।

‘पार्टीमा पुनर्गठन, विशेष महाधिवेशन या नयाँ प्रस्ताव होइन रवि पुजन गर्ने काम मात्र हुन थाल्यो’, एक केन्द्रीय सदस्यले भने,‘सभापतिको विषय न्यायीक निरुपणमा रहेकाले पार्टीलाई गति दिनेगरी कार्यबाहक अर्का अभियन्ता ल्याएर जेनजी बिद्रोह क्यास गर्नुपर्ने सुझाव मानिएन।’

त्यसो त महाधिवेशनमा सभापतिको सपना बुनेर बसेका डा. स्वर्णिम वाग्ले यसका बाधक रहेको पनि ठानिएको छ। उनले नै पार्टी मर्ज गर्न नहुने भनी अडान कायम राखेका थिए।

यसबाहेक रविको दबदबा अपहरण हुन सक्ने सम्भावना देखेका दीपक बोहोराहरुले आफ्नो बर्चश्व गुम्ने खतरा देखेपछि पनि यस्तो प्रस्तावलाई अस्वीकार गर्नुपर्ने तिव्र अडान कायम राखेको बताइन्छ।