शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

सन्तोष परियार, नयाँ शक्ति र प्रगतिशील राष्ट्रिय अभियानबीच एकता

शनिबार, कार्तिक २९ २०८२

काठमाडौँ । रास्वपा छाडेका सन्तोष परियारले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र प्रगतिशील राष्ट्रिय अभियानसँग सहकार्य गर्ने भएका छन्।

शुक्रबार तीन समूहबीच पाँच बुँदे सहमति हुँदै सहकार्य औपचारिक गरिएको हो।

सहमति पत्रमा नेसपा नयाँ शक्तिका संयोजक दुर्गा सोव, प्रगतिशील जागरण अभियानका सुदन किराती र सन्तोष परियारले हस्ताक्षर गरेका छन्।

‘मङ्सिर ७ गते वृहत् एकता घोषणा कार्यक्रम गर्न सहमत भएका छौँ’, सहमतिमा उल्लेख छ। साथै, ‘भ्रष्ट, अनैतिक र अहङ्कारी प्रवृत्तिहरूलाई निर्वाचनमार्फत परास्त गर्न सबै नयाँ र वैकल्पिक राजनीतिक शक्ति तथा नवयुवालाई हातेमालो गर्न’ अपिल गरिएको छ।

देश तथा विदेशमा बस्ने प्रगतिशील, लोकतान्त्रिक, वामपन्थी र देशभक्त शक्तिहरू र विशेषगरी जेनजी पुस्तालाई बृहत् राजनीतिक पुनर्संरचनाको अभियानमा सहभागी हुन आह्वान गरेका छन्।

भ्रष्ट, अनैतिक र अहंकारी प्रवृत्तिहरूलाई निर्वाचनबाटै परास्त गर्न सम्पूर्ण नयाँ तथा वैकल्पिक शक्तिहरू र नवयुवाहरूलाई हातेमालो गर्न समेत अपिल गरेका छन्।