काठमाडौं । नेप्से बढेको छ । अघिल्लो दिन २० दशमलव ५६ अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार एक दशमलव १३ अंकले बढेर २५ सय ४५ दशमलव ७३ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव १५ अंकले घटेर चार सय ४० दशमलव ८८ अंकमा झरेको छ । तीन सय २९ वटा कम्पनीहरुको ५० हजार छ सय २१ पटकको कारोबारमा ७६ लाख पाँच हजार पाँच सय ८४ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम तीन अर्ब ४९ करोड ९८ लाख २१ हजार छ सय ७१ रुपैंयाँ कायम भएको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा छ वटा समुहहरुको सुचक घटेपनि बाँकी समुहहरुको सुचक भने बढेकाछन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक एक दशमलव ७० अंकले बढेर १३ सय ३१ दशमलव ५१ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि सात दशमलव ५२ अंकले बढेर ३३ सय चार दशमलव ४६ अंकमा पुगेको छ । यसैगरी फाईनान्स, होटल तथा पर्यटन, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि बढेका छन् । बिकास बैंक समुहको सुचक चार दशमलव ६७ अंकले घटेर ५२ सय ६४ दशमलव ३५ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि २९ दशमलव ८१ अंकले घटेर १२ हजार छ सय ८४ दशमलव ४६ अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि ४९ दशमलव ६९ अंकले घटेर १० हजार पाँच सय ७२ दशमलव ९० अंकमा पुगेको छ भने लगानी, उत्पादनमुलक र अन्य समुहको सुचक पनि घटेका छन्।
नेप्सेमा आज माबिलुङ इर्नर्जी लिमिटेडले सबैभन्दा बढी कमाउँदा नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । हिमालयन पावर पार्टनर लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।