काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी, नेपालले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ।
बुधवार मध्यान्ह आयोगले पार्टीलाई दर्ता प्रमाणपत्र हस्तान्तरण गरेको हो। निर्वाचन आयोगका सचिव माहादेव पन्थले पार्टीका संरक्षक रेशमलाल चौधरी र अध्यक्ष कविर सोपलाई प्रमाणपत्र प्रदान गरेका हुन् ।
यसअघि चौधरीले नागरिक उन्मुक्ति पार्टी गठन गर्नुभएको थियो। गत निर्वाचनमा सो पार्टीले ४ सिट जितेको थियो। चौधरीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँगको विवादका कारण नयाँ पार्टी गठन गरेका थिए ।
पार्टीको वरिष्ठ उपाध्यक्षमा जनमत पार्टीका पूर्व उपाध्यक्ष अब्दुल खान नियुक्त भएका छन्। प्रमाणपत्र प्राप्त गरेपछि अध्यक्ष सोपले सञ्चारकर्मीहरूसँग कुरा गर्दै, जनताको पक्षमा देश बनाउने योजनासहित नयाँ राजनीतिक दल दर्ता गरिएको जानकारी दिए।